पर्यटन विभागले बहराइनी राजकुमारको टोलीलाई सगरमाथा आरोहणको अनुमति प्रदान गरेको छ।
कोरोना महामारी सुरु भएपछि पहिलोपटक विभागले सगरमाथा आरोहणको अनुमति दिएको हो।
विभागले आज बहराइनका राजपरिवारका सदस्यको उडानदललाई अनुमति दिएको हो।
बहराइनका राजकुमार सेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोलीलाई विभागले आरोहण अनुमति दिएको हो।
यो उडान दलमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा ३ बेलायती नागरिक छन्।
यसअघि यो टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो।