द क्लिफ प्रालिले दसैंको अवसरमा स्वीङ गर्नेलाई १५ प्रतिशत छुट घोषणा गरेको छ।
सात हजार शुल्क रहेको स्वीङ नवमी, टीका र एकादशीका दिन ५ हजार ९ सय ५० मा खेल्न सकिने बताइएको छ।
कालीगण्डकी नदीको खोंचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर छ।
सोही पुलको बीचमा स्वीङ र बन्जीको जम्प गर्ने प्लाटफर्म रहेको छ। स्वीङमा एक्लै र दुई जना एकसाथ बसेर मज्जा लिन सकिन्छ।
विश्वकै अग्लो स्काइ साइक्लिङ समेत निर्माण गरेको कम्पनीले नेपालमै पहिलोपटक स्काई चियर समेत सञ्चालनमा ल्याएको छ।
द क्लिफको गुलेली पिङ, पारिवारिक पिङ र हाई रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन्।
उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने बताइएको छ।