नेपाल पर्यटन बोर्ड र भारतको ट्राभल एजेन्टस् एसोसिएशन अफ इन्डिया (टाई) बीच पर्यटन प्रर्वद्धनका लागि आसपी सहकार्य गर्ने सम्झौता भएको छ ।
नयाँ दिल्लीमा शुक्रबार भएको एक कार्यक्रमबीच नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र ट्रावल एजेन्टस एसोसिएशन अफ इन्डिया (टाई) का अध्यक्ष ज्योती मायालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार बोर्ड तथा टाइले आयोजना गर्ने पर्यटन प्रर्वद्धनका विभिन्न कार्यक्रम इभेन्ट, रोड सो, वेविनार जस्ता कार्यक्रमहरुमा आपसी सहकार्य गर्ने तथा दुवै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम, ट्राभल मार्ट जस्ता कार्यक्रममा आमन्त्रण गर्ने लगायतका विषयहरु समावेश रहेका छन् ।
भारत नेपालको प्रमुख पर्यटकीय स्रोत बजार रहेकोले यस सम्झौताले नेपालको पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताए ।
एक अर्को देशमा भएका पर्यटन प्रर्वद्धनका राम्रा अभ्यासहरु आदान प्रदान गर्दा दुवै देशको पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने उनले बताए।