कोरोना महामारीमा सबभन्दा प्रभावित भएको पर्यटन क्षेत्रमा केही राहत महसुस भएको छ।
कोभिडको असर कम हुँदै गएपछि पछिल्लो समय केही पर्यटक नेपाल घुम्न नेपाल आइपुगेका छन्।
गत बुधबार ६० भारतीय पर्यटक नेपाल घुम्न आएका हुन्। यो कोभिड महामारीपछिको सबभन्दा बढी समूह नेपाल घुम्न आएको फिस्टेल टुर्स एण्ड ट्राभल्स प्रालिले जनाएको छ।
उनीहरू स्थलमार्ग र हवाई मार्ग हुँदै नेपाल आइपुगेका हुन्।
'लकडाउनपछि नेपाल भित्रिएका विदेशी पर्यटकको सबभन्दा ठूलो संख्या हो। यो हाम्रो लागि र देशको लागि खुसीको कुरा हो', प्राालिले भनेको छ।