पर्यटन व्यसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेले अश्लील र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।
नेपाल पर्यटन व्यसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन्।
यसअघि मन्त्री आलेले पटक-पटक अश्लील शब्द बोलेको भन्दै संसदीय समितिमा उजुरी परेको छ।
अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई तथा काननुका विद्यार्थी रेजिना पौडेलले सांसद तथा मन्त्री आलेले पटक-पटक अश्लील शब्द बोलेको, मर्यादा कायम नगरेको भन्दै संसद् सचिवालयको आचरण अनुगमन समितिको कार्यालयमा आइतबार उजुरी दर्ता गराएका हुन्।
हेर्नुहोस् विज्ञप्ति