काठमाडौंको कीर्तिपुरमा क्वाती पून्ही (जनै पूर्णीमा) को अवसरमा रात्रीकालीन सांस्कृतिक पदयात्रा ह्ने भएको छ।
स्वदेशी तथा विदेशी पर्यटक, स्थानीय जनप्रतिनिधि र नेपाल पर्यटन बोर्डको प्रत्यक्ष सहभागितामा कार्यक्रम भएको हो। पाल पर्यटन बोर्ड का बरिष्ठ निर्देशक हिकमत सिंह ऐर र कीर्तिपुर नगरपालिका उपमेयर शुभ लक्ष्मी शाक्यले रात्री पदमार्गको शुभआरम्भ गरेका थिए।
कीर्तिपुर नगरका ‘बहाः चाःहिलेगु’ अर्थात नगरको बिभिन्न स्थानमा रहेको देवी देवता, विहारहरुको परिक्रमा गरि दर्शन गर्ने चलन अनुसार शुक्रबार हेरिटेज वाक सम्पन्न भएको हो।
जनै पूर्णिमाको अवसर पारेर स्वदेशी तथा बिदेशी पर्यटकहरुका लागि रात्रीकालीन पदयात्रा गरिएको हो। ‘बहाः चाःहिलेगु’ तथा नाइट हेरिटेज वाकमा सहभागी हुने आन्तरिक तथा बिदेशी पर्यटकलाई ५०० रूपैयाँको टिकटको व्यवस्था गरि सहभागी सबैलाई जोशी ननी हेरिटेज होम्समा बेलुकाको खानाको ब्यवस्था गरिएको थियो।
कार्यक्रम साँझ ७ बजेबाट शुरु भएको थियो।
“बहाः चाःहिलेगु” तथा नाइट हेरिटेज वाकमा पूर्णीमाको राती कीर्तिपुरमा भएका सम्पूर्ण चैत्य, चिभा, मठ मन्दिर, गणेश महाकाल, भैरव, एवं अन्य सो पदमार्गमा पर्ने सम्पूर्ण देव देवीहरुलाई पूजा गर्दै जाने चलन चलिआएको छ।
यो जात्रामा हरेक टोलका वासीन्दाले आफ्नो टोलमा रहेको गणेशलाई पूजा गरि शुरू गरिन्छ भने पदमार्ग परिक्रममा गरि अन्तिममा त्यही गणेशलाई पूजा गरि सम्पन्न गर्ने गरिन्छ।
यसरी घुम्ने क्रममा कीर्तिपुरमा रहेका चिभा र चैत्यहरु, बिहार र महाबिहारहरु लगायत करिआ ५३ स्थानमा बिशेष रुपमा पूजा गर्दै पदमार्गमा पर्ने सबै देवदेवीहरुलाई पूजा गर्दै बिभिन्न खानेकुराहरु चढाउँदै जाने प्रचलन छ।