एक्सपर्ट एजुकेशन एन्ड माइग्रेशन सर्भिसले आगामी शनिबार सिड्नीमा एजुकेशन एन्ड माइग्रशेन सेमिनारको आयोजना गर्ने भएको छ ।
अस्ट्रेलियामा उच्च अध्यनमा आउने विद्यार्थीका लागि ब्रान्ड बनिसकेको एक्सपर्ट एजुकेशनले विद्यार्थीको हितलाई ध्यानमा राखेर एक दिने शैक्षिक तथा अध्यागमन सम्वन्धी सेमिनार सिड्नीको टाउनहलस्थीत रिज होटलमा आयोजना गर्न लागेको हो।
शैक्षिक तथा अध्यागमन बिषयमा छुटटाछुटटै परामर्श समावेश रहेको सेमिनारको पहिलो सत्रमा अस्ट्रेलियामा रहेको विद्यार्थीको स्थायीत्वको सवालमा ४८९ भिसा र १९० भिसाका बिषयमा तास्मानिया, डार्बिन र क्यानबेरा जस्ता रिजनलहरुको सम्भावना र सरकारी नीतिका विषयमा विशेष छलफल चलाइने एक्सपर्टका निर्देशक बद्री अर्यालले जानकारी दिए।
पहिलो सत्रमा अध्यागमनका विषयमा प्रोफेसनल इयर, नाटी तथा सीसीएल कोर्ससँगै पछिल्लो समयमा अस्ट्रेलियन सरकारको नीति अनुरूप विद्यार्थीले पीआरका लागि अंक पुर्याउन सक्ने विषयमा बिज्ञ टोलीसँग छलफल चलाइने एक्सपर्टका निर्देशक अर्यालले बताए।
यस्तै पीटीइ परीक्षामा उच्चतम अंक हासिल गर्ने उपाय र तरिकाका विषयमा समेत कक्षा सञ्चालन हुने र बिभिन्न बिश्वबिद्यालयका प्रतिनिधीसँग विद्यार्थीले आफ्ना जिज्ञासा सिधा राख्न सक्ने एक्सपर्टका अर्का निर्देशक सन्जिव शर्माले बताए।
‘हामीले विद्यार्थीका जिज्ञासा र अध्यागमनका अप्ठ्याराका विषयमा यहाँ रहेका विद्यार्थीलाई सहज होस भन्ने हेतुले यो शैक्षिक तथा अध्यामगन सेमिनार आयोजना गर्न लागेका हौ,’ शर्माले सेतोपाटीसँग भने।
सेमिनारमा विद्यार्थीले निःशुल्क मोक टेष्टसमेत दिन पाउने छन् भने प्रवेशमा कुनै शुल्क लाग्ने छैन।
शैक्षिक तथा अध्यागमन मेलामा विश्वबिद्यालयमा प्राप्त गर्न सकिने छात्रवृत्ति र विद्यार्थीका कल्याणकारी बिषयमा समेत परामर्श गरिने एक्सपर्टले जनाएको छ।