किलीन आवर नाईवरहुड भन्ने नाराका साथ क्यानडाको ब्राम्प्टन सिटी सरसफाई कार्यक्रम गरिएको छ।
क्यानडा नेपाल टुरीज्म कल्चर ट्रेडका अध्यक्ष एव लामो समयदेखि पर्यटन दूत रहेका समावसेवी नरबहादुर टन्डनको अगुवाइमा क्यानडाको ब्राम्प्टन सिटी सरसफाई कार्यक्रम गरिएको हो।
क्यानडा-नेपाल टुरीज्म कल्चर ट्रेडको आयोजना र नेपाल पर्यटन बोर्डका सहकार्यमा भएको सरसफाई कार्यक्रममा नेपाली जनसम्पर्क समितिका प्रतिनिधिको सहभागिता थियो।
ब्राम्प्टन सिटीका विभिन्न ठाउँमा सरसफाई कार्यक्रमको आयोजना गरी क्यानडामा रहेका नेपाली दाजुभाइबीच सम्बन्ध स्थापना गर्ने प्रयास गरेको टन्डनले जानकारी दिए।
उक्त कार्यक्रममा नेपालीहरुको मात्र सहभागिता नभई, क्यानडाका नागरिक, नगरका प्रतिनिधिहरुको पनि सहभागिता रहेको बताइएको छ। सरसफाई कार्यक्रममा ७० जनाको सहभागिता थियो।
टन्डनका अनुसार सोनिया सिधु र ब्राम्प्टनमा त्यहाँका एमपीपी अमिरजोत सिधुको सहभागिताले कार्यक्रममा उत्साह मात्र नमएर हौसला प्रदान गरेको बताए।
‘कोरोनाको कारण विश्वभर समस्या रहेको छ त्यस्तो अवस्थमा क्यानडा सरकारले नागरिकलाई राम्रो हेरचाह गरेको थियो। कोरोनाका कारण घर भित्रै बसे पनि केही समयपछि मानीसहरु बाहिर निस्कन थाले, मानिसहरु निस्कदा फोहरहरू पनि भयो। त्यो फोहरहरु ब्यवस्थापनमा हाम्रो पनि हातेमालो होस भन्ने हेतुले कार्यक्रम गरेका हौं’, पर्यटन दूत टण्डनले भने।
उनले गर्मी सुरुवातसँगै मानिसहरु पार्कमा घुम्न जाने भन्दै त्यो समय केही फोहर हुने भएकाले सफाई गर्ने योजना रहेको बताए।महिनाको दुई पटकको सफाई गर्ने योजना रहेको पर्यटन दूत टन्डनले बताए।