गैर–आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयले राजनीतिक दवावमा आएर एनआरएनको निर्वाचन प्रक्रिया रोक्न पत्र पठाएको दाबी गरेका छन्।
एनआरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न पत्रमार्फत निर्देशन दिएपछि अध्यक्ष पन्तले एनआरमा राजनीति मुछिएको भन्दै राजनीति दबाबमै निर्वाचन प्रक्रिया रोकिएको बताएका हुन्।
सेतोपाटीसँग कुरा गर्दै अध्यक्ष पन्तले परारष्ट्रले निर्वाचन प्रक्रिया रोक्नु भने पनि वार्तामार्फत समस्याको समाधान हुने भन्दै एनआरएनको निर्वाचन तोकिएकै समयमा निर्वाचन हुने बताए।
हेर्नुहोस् भिडिओमा डेनमार्कबाट सेतोपाटीका लागि शशी ढकालले पन्तसँग गरेको कुराकानी: