गैर–आवासीय नेपाली संघ (एनआरएनए) मा आगामी नेतृत्वका लागि उम्मेद्वारी दिएका कुल आचार्यले परराष्ट्र मन्त्रालयलाई राजनीतिक दवावमा परेर आफूले एनआरएनको निर्वाचन प्रक्रिया रोक्न पत्र नपठाएको दाबी गरेका छन्।
एनआरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न पत्रमार्फत निर्देशन दिएपछि आचार्यले एनआरमा राजनीति नमुछिएको र राजनीति दबाबमा आफू र आफ्नो समूहले निर्वाचन प्रक्रिया नरोकेको बताएका हुन्।
सेतोपाटीसँग कुरा गर्दै आचार्यले एनआरनमा मनोपोली तरिकाले एनआरएनमान प्रतिनिधि चयन भएको बताएका छन्। प्रतिनिधि चयन गर्ने क्रममा विधि र पद्दती बिनै चयन गरिएको दाबी गरेका छन्।
उनले एनआरएन सदस्यको चाहना अनुसार नै आफूले पुन अध्यक्षका लागि उम्मेद्वारी दिएको समेत बताएका छन्।
हेर्नुहोस् भिडिओमा डेनमार्कबाट सेतोपाटीका लागि शशी ढकालले आचार्यसँग गरेको कुराकानी: