भारतको लोकसभा सभामुखमा ओम विरला पुन:निर्वाचित भएका छन्।
नेसनल डेमोक्रेटिक अलायन्स (एनडिए) गठबन्धनबाट उम्मेदवारी भएका उनी बुधबार निर्वाचित भएका हुन्। लोक सभामा उनलाई ध्वनी मतमार्फत् निर्वाचित गरिएको थियो।
यसअघि पनि उनी नै लोक सभा सभामुख थिए।
निर्वाचित भएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले विरलालाई बधाई दिएका थिए।
‘तपाईंको मिठो हाँसोले सम्पूर्ण सभालाई खुसी बनाउँछ। यसअघिको लोक सभाले तपाईंको नेतृत्वमा धेरै कानुन पास गरेको छ,’ प्रधानमन्त्री मोदीले सभामा भनेका थिए।
विपक्षी गठबन्धन इन्डियाका नेता राहुल गान्धीले पनि उनलाई बधाई दिँदै उनको कुर्सीसम्म पुर्याएका थिए।
लोक सभाको सभामुख पदको लागि इन्डिया गठबन्धनबाट कंग्रेस आईका कोडिकुन्निल सुरेशलाई उम्मेदवार उठाएको थियो।