भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।
कजाकिस्तानको राजधानी अस्तानामा बिहीबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो।
सांघाई कोओपरेशन अर्गनाइजेशन (एससिओ) हेड्स अफ स्टेट काउन्सिलको मिटिङमा सहभागी हुन गएका उनीहरूबीच दुईपक्षीय वार्ता भएको हो।
उनीहरूबीच पूर्वी लद्दाखस्थित लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी) को विवादित सीमा क्षेत्रबारे समाधान खोज्नेबारे छलफल भएको जयशंकरले आफ्नो ट्विटरमार्फत जानकारी दिएका छन्।
त्यस्तै दुई देशबीच सम्बन्धलाई स्थिर र पुनर्निर्माण गर्ने बताएका छन्। ‘बाँकी रहेका विवादित सीमा क्षेत्रबारे छिट्टै समाधान खोज्ने बारेमा छलफल भयो,’ उनले भने।