भारतको नयाँ दिल्लीको मुख्यमन्त्री आम आदमी पार्टीकी सांसद आतिशी मार्लेना हुने भएकी छन्।
मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरिसकेका छन्।
केजरीवालले पार्टी संसदीय दल बैठकमा नयाँ मुख्यमन्त्रीमा आतिशीको नाम प्रस्ताव गरेकोमा सांसदहरूले उक्त प्रस्ताव अनुमोदन गरेका थिए। आतिशी आम आदमी दल नेता बनेकी छन्।
आतिशी केजरीवाल नेतृत्वको सरकारमा अर्थ, शिक्षा, पर्यटन मन्त्री छिन्।
आतिशीलाई मुख्यमन्त्री केजरीवालको विश्वास पात्रका रूपमा पनि लिइन्छ।
अब मुख्यमन्त्री पदबाट केजरीवालले राजीनामा दिने र नयाँ मुख्यमन्त्री आतिशी हुने आम आदमी पार्टीले निर्णय गरेको भारतीय समाचार संस्था एनडिटिभीले उल्लेख गरेको छ।
दिल्लीको मदिरासम्बन्धी नीतिमा घोटाला गरेको भन्दै सिबिआईको हिरासतमा रहेका केजरीवाललाई हालै सर्वोच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।