जापानको टोकियोमा सेपटेम्बर १६ अर्थात भदौ ३१ गते हुने घोषणा गरिएको पहिलो सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को मनोनयन शनिवार सार्वजनिक गरिएको छ । राजधानीको लाजिम्पाट स्थित होटल र्याडिशनमा एक कार्यक्रमको आयोजना गरि अवार्डको उत्कृष्ट पाँच नोमिनेशन सार्वजनिक गरिएको हो ।
उत्कृष्ट पाँचको मनोनयनमा परेकाहरूबाट अनलाईन भोटिङका आधारमा उत्कृष्टको घोषणा गरिने जानकारी कार्यक्रममा दिइयो। यसका लागि आयोजकले विश्वभरीबाट अनलाइन भोटिङको व्यवस्था गर्ने जनाएको छ। भोटिङको लागि कुनै शुल्क लाग्ने छैन ।
उक्त अवार्डमा फिल्म र संगीत तर्फबाट ६-६ गरि १२ विधामा नोमिनेशन सार्वजनिक गरिएको हो । जसमा उत्कृष्ट फिल्म, नायक, नायिका, सपोर्टिङ कलाकार महिला र पुरुष गरि ६ विधा र संगीत तर्फ लोक, पप र आधुनिक गायक गायिका गरि ६ विधा राखिएको छ ।
नेपाली अवार्डको गरिमा र अवार्ड समारोहको वारेमा बेला बखत हुने विवाद तथा चर्चालाई अन्त्य गर्न र यस्ता अवार्डहरुबाट फरक रहन सुर्य ईन्टरनेशनल अवार्ड २०१८ लाई भोटिङ प्रक्रियामा संचालन गर्न लागिएको अवार्डका अध्यक्ष बासुदेव लामिछानेले कार्यक्रममा बताए ।
सुर्य ईन्टरनेशनल अवार्ड एक बृहत साँस्कृतिक कार्यक्रम सहित सम्पन्न गर्ने आयोजकले बताएका छन् । अवार्डको लागि हाल जापान र नेपालमा भव्य तयारी भईरहेको पनि बासुदेव लामिछाने बताए । यस्तै अवार्ड समारोहमा ४ दर्जन बढि कलाकर्मीहरु र केही पत्रकारहरु जापानको एउटै मञ्चमा देखिनेछन् ।
अवार्डको उत्कृष्ट मनोयनको सूचि यस्तो छ:
फिल्म तर्फ
१ उत्कृष्ट फिल्म
छक्का पञ्जा २
ए मेरो हजुर २
शत्रुगते
म यस्तो गीत गाँउछु
कृ
२ उत्कृष्ट निर्देशक
दिपा श्री निरौला
अरुणा थापा
प्रदिप भट्टराई
सुर्दशन थापा
मिलन चाम्स
३ उत्कृष्ट सह अभिनेता
केदार घिमिरे
बुद्धि तामाङ
सलोन बस्नेत
अनुप विक्रम शाही
प्रशान्त ताम्राकार
४ उत्कृष्ट सह अभिनेत्री
बर्षा राउत
प्रियंका कार्की्
केकी अधिकारी
अनु शाह
आशिस्मा नकर्मी
५ उत्कृष्ट अभिनेता
अनमोल के.सी
प्रदिप खड्का
पल शाह
पुस्पल खड्का
दयाहाङ राई
६ उत्कृष्ट अभिनेत्री
साम्राज्ञी राज्य लक्ष्मी शाह
पुजा शर्मा
श्वेता खड्का
शिल्पा पोखरेल
निता ढुङ्गाना
गीत तर्फ
पप तर्फ
१ उत्कृष्ट गायक
सुगम पोखरेल
कमल खत्री
अनिल सिहं
काली प्रसाद बास्कोटा
हिमाल सागर
२ उत्कृष्ट गायिका–श्री
इन्दिरा जोशी
अमृता लिम्बु
मिलन अमात्य
एन्जिला रेग्मी
रबिना थापा
आधुनिक तर्फ
१ उत्कृष्ट गायक
प्रमोद खरेल
शिव परियार
राम कृष्ण ढकाल
हेमन्त शर्मा
राजेश पायल राई
२ उत्कृष्ट गायिका
अन्जु पन्त
मेलिना राई
रिता के.सी
टिका प्रसाई
सिर्जना खत्री
लोक तर्फ
१ उत्कृष्ट गायक
नविन पौडेल
रमेश राज भट्टराई
खुमन अधिकारी
रामजी खाँड
प्रकाश कटुवाल
२ उत्कृष्ट गायिका
ज्योति मगर
रमिला न्यौपाने
सम्झना मगर
मुना थापा
देवी घर्ती मगर