काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालीले विदेशमा प्राप्त गरेको श्रम, सीप र पूँजीलाई नेपाल भित्र्याउन पहल गर्ने बताएका छन् ।
एशिया प्यासिफिक सिटी सम्मेलनमा भाग लिन जापान आएका शाक्यले यहाँ रहेका नेपालीसँगको कार्यक्रममा उक्त कुरा बताएका हुन्। फुकुओकाका मेयर ताकासिमाको निमन्त्रणामा जापान पुगेका शाक्य फुकुओकामा भएको सम्मेलनमा सहभागी भएका हुन्।
सम्मेलनमा शहर व्यवस्थापनसँग जोडिएका चुनौती विषयमा छलफल भएको थियो। विभिन्न देशका विभिन्न शहरसँगको अन्तर्सम्बन्ध बढाउने अवसर प्राप्त भएकाले सम्मेलन महत्वपूर्ण भएको शाक्यले बताए। महानगरपालिकाका प्रमुख शाक्य यही साउन १५ गते जापान आएका थिए।