साउदी अरबमा जेल परेका नेपाली युवा कुमार रानालाई छुटाउन जापानमा बसोबास गर्ने नेपाली समुदायले आर्थिक सहयोग गरेका छन्।
रानाको उद्धारका लागि जापानमा रहेका विभिन्न नेपालीले २ लाख ३३ हजार रुपैया आर्थिक सहयोग गरेका हुन्।
रानालाई उद्दार गर्न जम्मा भएको रकम कुमार राना उद्दार समितिलाई प्रदान गरिएको छ।
संकलित रकम जापानका ब्यावसायी महेश श्रेष्ठले उद्दार समितिका संयोजक कृष्णप्रसाद ढकाललाई हस्तान्तरण गरे।
सो रकम जुटाउन जापानमा रहेका नेपाली राजेन्द्र अर्याल, दीपक आचार्यलगायतका विभिन्न ब्याक्ति सक्रिय भएर लागेका थिए।
रानाले चलाएको गाडीले एक साउदी नागरिकलाई ठक्कर दिएका थिए। सो मुद्दामा साउदी नागरिकले क्षतिपूर्ति रकम ८३ लाख रुपैयाँ तिर्नुपर्नेछ।
जेलमा परेका रानालाई छुटाउन रकम संकलन अभियान तिब्र पारिएको छ।
यसअघि रानाको उद्धारका लागि गोरखा सेवा समाज युएईले पनि १ लाख १ हजार रुपैयाँ सहयोग गरेको थियो। समाजका संरक्षक उत्तम अधिकारीले सो रकम हस्तान्तरण गरे।