गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालका लागि वर्तमान एनआरएनए एसिया प्यासिफिक उपसंयोजक ददिवल खड्काले आइसिसी सह-कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।
अक्टोबर १७ देखि २० तारिखसम्म काठमाडौंको सोल्टी होटलमा आयोजना हुन लागेको ११ औं महाधिवेशन तथा नयाँ नेतृत्व चयनका क्रममा आइतबार एनआरएनए अभियन्ता खड्काले सहकोषाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।
खड्काले उम्मेदवारी दर्तापछि आफूले अहिलेसम्म गरेका सामाजिक काम र सेवाको आधारमा मूल्यांकन गरेर मतदान दिन एनआरएनए अभिन्ताहरूलाई आग्रह गरे।
खड्काको उम्मेदवारी दर्तामा प्रस्तावकमा एनआरएनए जापानका निवर्तमान युवा संयोजक राकेश रुम्बा र मोना जापानका वरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठ तथा समर्थकमा आइसिसी सदस्य बिजेश थकाली र एनआरएनए जापानका निवर्तमान केन्द्रीय सदस्य मनोज श्रेष्ठ छन्।