आउँदो फेब्रुअरी ९ तारिखदेखि  दक्षिण कोरियामा आयोजना हुने  प्यानछांङ विन्टर ओलम्पिक २०१८ को अवसरमा उत्तर कोरियाले १४० जनाको सांगीतिक टोलि पठाउने भएको छ।
उत्तर कोरियाली सम्जिवन नामक म्युजिकल ब्याण्डले राजधानी सोल तथा गाङ्गनेउङमा लाइभ कन्सर्ट गर्ने बताइएको छ।
ओलम्पिककै पूर्वसन्ध्यामा दुई कोरियन नागरिकले  संयुक्त मार्च पाससमेत गर्नेछन्। गत सातादेखि चलेको दुई कोरियाबिचको उच्चस्तरीय वार्ता विशेष गरि विन्टर ओलम्पिकमा उत्तर कोरियाली खेलाडीको सहभागितामा  केन्द्रित रहेको छ।
उच्चस्तरीय बार्तामा दक्षिण कोरियाले सुरक्षाको ग्यारेन्टी लिने प्रतिबद्वता जनाएपछि उत्तर खेलाडीको साथमा म्युजिकल ब्याण्डसमेत  पठाउन सहमत भएको हो।
उत्तरले सन् २००२ पछि आफ्ना एथलेटिक्स खेलाडी तथा ठूलो संख्यामा सांगीतिक टोलिसमेत दक्षिण कोरिया पठाउने निर्णय गरेको यो पहिलो पटक हो।
यद्धपि हालसम्म बार्ताले कुनै नयाँ मोड लिएको छैन। बार्ताले दुई कोरियाबीच  लामो समयदेखि चिसिएको सम्बन्धमा केहि सुधार भने दखिएको दक्षिण कोरियाली संचार माध्यमले जनाएका छन्।
प्रथम चरणको बार्तामा उत्तर कोरियाले  सीमा सुरक्षाको ग्यारेन्टी दक्षिणले लिनुपर्ने तथा अमेरिकि सैनिकसँगको संयुक्त सैन्य अभ्यासलाई तत्काल रोख्नुपर्ने माग राखेको राखेको छ।