केकी अधिकारीको कोहलपुर एक्सप्रेस कतारमा पनि प्रदर्शनमा आउने भएको छ। कोहलपुर एक्सप्रेसलाई कल्याण घिमिरेले तारमा प्रदर्शनको जिम्मा लिएका छन्।
कोहलपुर एक्सप्रेससँगै नायिका केकी अधिकारी र रीमा विश्वकर्मा पनि कतार आउने भएका छन्।
कोहलपुर एक्सप्रेसमा मूख्य भूमीकामा केकी र रिमासँगै प्रियंका,कार्की, बुद्धि तामाङ लगाएतको अभिनय रहेको छ।
कमेडी तथा सस्पेन्समा आधारित चलचित्र कोहलपुर एक्सप्रेस कतारको सनैया ईण्डष्ट्रीयल क्षेत्रको ग्राण्ड मलस्थित एसियन टाउन हलमा देखाइने भएको छ।
फिल्म हेर्न २५ कतारी रियाल शुल्क लाग्नेछ। हलमा नायीकाद्वय केकी र रीमाले पनि दर्शकसँगै बसेर फिल्म हेर्ने व्यवस्था मिलाइएको घिमिरेले जानकारी दिएका छन्।
आगामी शुक्रबार दिउँसो ३:३० बजेबाट सो सुरू हुनेछ।
‘बिदेशमा रहेका नेपालीहरुलाई आफ्नोपनको आभाष दिलाउन नेपाली चलचित्रलाई माया र प्रबर्धन गरौ भन्ने मुल नाराका साथ फिल्म देखाउन लागेका हौ,’ उनले भने।