वरिष्ठ लोक गायिका हरिदेवी कोइरालाले तीजको अवसरमा कतारमा आफ्नो प्रस्तुती दिन आउने भएकी छन्।
रोजगारीका लागि कतार आएका नेपाली दिदीबहिनीलाई मनोरञ्जन दिलाउन उनी कतार आउन लागेकी कास्की आदर्श सेवा समाजले जानकारी दिएको छ।
हरितालिका तीजको अवसरमा कास्की आदर्श सेवा समाजको आयोजनामा आगामी सेप्टेम्बर १४ मा कतारस्थित सालिमार दरबार रेस्टुरेन्ट बिन मोहमुदमा हुने तिज विशेष सांस्कृतिक धमाकामा सहभागी हुन उनी कतार आउन लागेकी हुन्।
‘पाइनँ खबर… घर फर्की आउनुभो मेरो हजुर...’, आमा तिम्रो दुधको भारा…, जस्ता दर्जनौ उत्कृष्ट तथा नेपालमा घट्ने घटना परिघटनाबाट उत्प्रेरित वास्तविक घटनालाई जस्ताको तस्तै लोक गीत मार्फत उजागर गर्ने वरिष्ठ लोक गायिका यो तीजमा कतार आउने सुने पछी कतारमा कार्यरत नेपाली दिदिबहिनिहरु थप उत्साहित भएका छन्।
पछिल्लो समयम बढ्दै गएको बिकृती र भड्काउले मौलिक तिजको ह्रास भएको भन्दै समाजका अध्यक्ष बिश्वबन्धु थापाले वास्तविक तीजको महत्व आफ्नो मौलिक लोक संस्कृती र परम्परालाई जगेर्ना गर्ने सुरूवात स्वरूप हरिदेवीलाई कतार ल्याउन लागिएको बताए।
कोइरालाका साथमा तीज विशेष सांस्कृतिक कार्यक्रममा फेवा सांस्कृतिक परिवारसँगै विभिन्न स्थानीय कलाकारको प्रस्तुति रहनेछ।