कतारमा रहेर काम गर्ने विदेशी कामदारले अब कतार छाड्दा अनुमति लिन नपर्ने भएको छ। कतार सरकारले ‘एक्जिट भीसा’ सम्बन्धी नियम हटाउने विधेयक मंगलबार पारित गरे सँगै यस्तो नियम हटाइएको हो। विधेयक पारित सँगै विदेशी कामदारहरुले देश छाड्न रोजगारदाताको अनुमति लिनुपर्ने छैन।
यसअघि देश छाड्दा रोजगारदाता कम्पनीको अनुमति चाहिन्थ्यो।
कतारका श्रमिक अधिकारवादी समूहले यो नियमलाई खारेज गर्न आईएलओसमक्ष माग राखे पछि सरकारले सम्बोधन गरेको हो।
सरकारी तथ्यांकअनुसार कतारस्थित २५ लाख विदेशी कामदारले कन्ट्राक्टमा काम गरिरहेका छन्।
समाचार एजेन्सीका अनुसार एसियाबाट मात्र १६ लाख मानिसहरु रोजगारीका लागि कतारमा छन्। त्यसैगरी कतारमा ४ लाख भन्दा बढी नेपाली रहेका छन्।