वैदेशिक रोजगारीमा गएका कामदारको सामाजिक/रोजगारी सुरक्षा, बिमा, सेवासुविधा र पारिश्रमिकलगायत विषयमा चासो राख्दै आफ्ना नागरिकका पक्षमा ‘लबिङ’ गर्न बनेको ‘कोलम्बो प्रोसेस’ का सदस्य मुलुकहरू आपसी सहकार्यमा अग्रसर देखिएका छन् ।
मानव तस्करी रोकथाम र नियन्त्रणका लागि ओमन सरकारले पहल थालेको छ।
मानव तस्करी रोकथाम र नियन्त्रणका लागि दुई दिनसम्म चलेको कार्यशाला गोष्ठीमा ओमानका ३३ जना न्यायाधीशहरू एकै पटक सहभागी भएका थिए।
१२० जना भन्दा बढीको सहभागिता रहेको कार्यशाला गोष्ठीमा यतिको संख्यामा ओमानी न्यायाधीशहरू एकै पटक सहभागी भएको पहिलो घटना हो।
संयुक्त राष्ट्रसंघको पहलमा मानव तस्कर विरूद्धको राष्ट्रिय समितिको आयोजनामा ओमानको राजधानी मस्कटमा चलेको दुई दिने कार्यशाला गोष्ठीमा न्यायाधीशसँगै उच्च पदस्थ सरकारी तथा गैर सरकारी अधिकारीको सहभागिता थियो।
मस्कट दैनिकसँग कुरा गर्दै मानव अधिकारका लागि राष्ट्रिय समितिको ओमानका एक उच्च अधिकारी साइद आम्मर बिन अब्दुल्लाहा सुल्तान अल बसिदीले मानव अधिकार र मानव तस्करीका विषयमा भएको कार्यक्रममा ३३ जना ओमानी न्यायाधीश सहभागी भएको पहिलो पटक भएको बताए।
‘एकै पटक ३३ जना ओमानी न्यायाधीश सहभागी भएको पहिलो पटक हो, न्यायाधीशहरूले यस प्रकारको गोष्ठीमा भाग लिन थालेकोमा हामी अत्यान्त खुसी भएकाछौ। अब न्यायपालिका पनि मानवतस्करी विरुद्ध लड्न एकजुट भईरहेको छ,’ उनले भनेका छन्।
यस्ता गोष्ठीहरूले मानव तस्करविरूद्ध काम गर्ने क्षमताको विकासमा सहयोग पुग्ने संस्थाले लक्ष्य लिएको छ।
एनसीसीएचटीले सार्वजनिक अपराध, मानव तस्कर, सामाजिक विकास, जनशक्ति, सूचना, शिक्षा, कानूनी मामला तथा धार्मिक मामला, न्याय, वाणिज्य र उद्योग वाणिज्य र ओमान र ओमान मानव अधिकार आयोग जस्ता थुप्रै प्राधिकरणहरूको सहयोगमा काम गर्ने गर्छ।
ओमानको राष्ट्रिय योजनाबारे कुरा गर्दै, उनले सही पहिचान र पीडितहरूको सुरक्षा, अपराधीहरूलाई सजाय र अपराधको मामलामा सार्वजनिक जागरूकता सुनिश्चित गर्नमा ध्यान दिने बताए।
कार्यक्रममा ओमानका लागि नेपाली राजदूतको पनि सहभागिता थियो।