नेपाली महिला समाज ओमनको आयोजनामा शुक्रबार मस्कटमा दर खाने कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा ओमानका लागि नेपाली राजदूत श्रीमती सर्मिला पराजुली ढकाल, ओमानस्थित विभिन्न संघ संस्थामा कार्यरत पदाधिकारीको उपस्थिति थियो।
स्थानीय कलाकारले विभिन्न तीज सम्बन्धी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर आगन्तुकलाई मनोरञ्जन दिएका थिए।
महिला समूह ओमानकी अध्यक्ष उमा ढुंगानाले तीजको शुभकामना दिँदै नेपाल सरकारले घरेलु कामदार महिलालाई विदेस जान प्रतिबन्ध लगाएकाले विदेशमा रहेका दिदिबहिनि छुट्टीमा नेपाल जान नपाएको गुनासो गरिन्। ‘नेपाल गए फर्किएर आउन नपाउने भएपछि आफ्नो रोजीरोटी गुम्ने डरले वर्सौदेखि नेपाली दिदी बहिनीहरू घर जान पाउनुभएको छैन,’ नेपाली दूतावासमक्ष उनले गुनासो पोखिन्।
ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले तीजको शुभकामना दिँदै ओमानमा रहेका दिदीबहिनीहरू एकताबद्ध भएर चाडपर्व मनाएकोमा नेपाली महिला समूह ओमानलाई धन्यवाद ज्ञापन गरिन्।
दिदीबहिनी छुट्टीमा गएर फर्कन नपाएको गुनासोलाई सम्बोधन गर्दै नउले नेपाली दूतावासले यो समस्याको समाधानमा पहल गर्ने आश्वासान दिइन्।