जलवायु परिवर्तन विश्वव्यापी समस्या हो तर यसको असर नेपालजस्ता विकासोन्मुख देशमा परेको छ।
अप्रत्यासित र असामान्य हावापानी प्रकोपका कारण नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष असर परिरहेको छ। कृषकले खडेरी, कीरा लाग्नु, भारी वर्षा, माटो बाँझो हुने समस्याको सामना गरिरहेका छन्।
यी सबै कारण बालीको उत्पादन र गुणस्तरमा असन्तुलन आइरहेको छ। कृषक बढ्दो जलवायु र कृषि संकटको सामना गर्न दीर्घकालीन समाधान खोजिरहेका छन्। खेत बाँझो हुँदा धेरैजसो किसानहरू काम खोज्दै भारत समेत जाने गरेका छन्।
जलवायु परिवर्तन किसानको नियन्त्रणमा नहुने भएकाले त्यसको प्रभावलाई कम गर्न विश्वव्यापी अभियान नै चलाउनुपर्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) मा कार्यरत इकोसिष्टम विशेषज्ञ एरिका उदासले बताइन्।
जलवायु परिवर्तनले थप क्षति हुनबाट जोगाउनुपर्ने पनि उनको भनाइ छ।
जलवायु परिवर्तनको क्षतिबाट बाली जोगाउन कृषकहरूले के गर्नुपर्छ? यसका समस्याको समाधान गर्न सरकारको भूमिका के हुनुपर्छ?
यस भिडिओमा, हामीले दैलेखस्थित भैरवी गाउँपालिका-२ का किसान र इसिमोडका विशेषज्ञसँग कुराकानी गरेका छौं।
हेर्नुहोस् भिडिओ: