गोलभेडाको भाउ किलोमै १५ रूपैयाँ घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा आज नेपाली ठूलो गोलभेडाको भाउ ४५ रूपैयाँदेखि ५५ रूपैयाँ प्रतिकिलो छ।
हिजो ६० देखि ७० रूपैयाँ प्रतिकिलोमा नेपाली ठूलो गोलभेडाको कारोबार भएको थियो।
सानो लोकल र टनेल गोलभेडाको मूल्य भने घटबढ भएको छैन। सानो गोलभेडाको मूल्य १५ देखि २० रूपैयाँ र टनेलको गोलभेडाको १५ देखि २५ रूपैयाँ भाउ तोकिएको छ।
आज भारतीय प्याजको मूल्य किलोमा १० रूपैयाँ बढेको छ।
बुधबार प्रतिकिलो १३५ रूपैयाँदेखि १४५ रूपैयाँमा कारोबार भएको भारतीय प्याजको भाउ आज १४५ देखि १५० सम्म तोकिएको छ।
हरियो प्याजको भाउ पनि २० रूपैयाँले बढेको छ। हिजो किलोको ७० देखि ८० रूपैयाँमा कारोबार भएको हरियो प्याजको मूल्य आज ९० देखि १०० रूपैयाँ प्रतिकिलो छ।
बुधबार १५ देखि २० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको काउलीको मूल्य आज २० देखि २५ रूपैयाँ तोकिएको छ।
ब्रोकाउलीको भाउ ४० देखि ४५ रूपैयाँ प्रतिकिलो छ। हिजो ३० देखि ४० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको थियो।
आज रातो आलुको भाउ ९ रूपैयाँले घटेको छ। हिजो ४५ देखि ४७ रूपैयाँ प्रतिकिलोमा कारोबार भएको रातो आलुको आजको भाउ ३६ देखि ४० रूपैयाँ प्रतिकिलो छ।
सेतो आलू पनि किलोमा ८ रूपैयाँ घटेको छ। आज एक किलोको मूल्य ३० देखि ३५ रूपैयाँ तोकिएको छ। बुधबार ३८ देखि ४० रूपैयाँमा कारोबार भएको थियो।
यस्तो छ कालीमाटीमा फलफूल र तरकारीको भाउ