कुरिलोको भाउ एकैदिन ४ सय रूपैयाँले महंगिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलोको भाउ १ हजार २ सयदेखि १ हजार ३ सय रूपैयाँ प्रतिकिलो छ।
हिजो किलोको ८ सयदेखि ९ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै डल्ले च्याउको भाउ किलोमा २० रूपैयाँले बढेको छ।
शुक्रबार २६० रूपैयाँदेखि ३०० रूपैयाँमा कारोबार भएको डल्ले च्याउको भाउ शनिबार प्रतिकिलो २८० रूपैयाँदेखि ३२० रूपैयाँ तोकिएको छ।
अन्य तरकारी तथा फलफूलको भाउ सामान्य घटबढ भएका छन्।
हिजो ५० देखि ६० रूपैयाँमा कारोबार भएको ठूलो गोलभेडाको आज पनि सोही मूल्य छ।
हिजो ३५ देखि ४० रूपैयाँ प्रतिकिलोमा कारोबारमा भएको रातो आलुको भाउ आज ३४ रूपैयाँ देखि ३८ रूपैयाँ प्रतिकिलो छ।
भारतीय सुकेको प्याजको भाउ किलोमा ५ रूपैयाँ घटेको छ। हिजो २४० देखि १४५ रूपैयाँ प्रतिकिलोमा कारोबार भएको भारतीय प्याजको भाउ आज १३५ देखि १४५ छ।
त्यस्तो काउली प्रतिकिलो २५ देखि ३० रूपैयाँ, रातो मुला १५ देखि २० रूपैयाँ, भन्टा ४० देखि ५० रूपैयाँ, मटरकोशा १२० देखि १४० रूपैयाँ तोकिएको छ।
यस्तो छ आजको भाउः