मटरकोशाको भाउ किलोमा २० रूपैयाँ सस्तिएको छ।
शनिबार १२० देखि १४० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको मटरकोशाको मूल्य आइतबार १ सयदेखि १२० रूपैयाँ तोकिएको छ।
कालीमाटीमा आज भारतीय ठूलो गोलभेडा नेपाली ठूलो गोलभेडाभन्दा ३० रूपैयाँ महँगो छ।
नेपाली ठूलो गोलभेडाको मूल्य ५० देखि ६० रूपैयाँ प्रतिकिलो रहँदा भारतीय गोलभेडाको भाउ प्रतिकिलो ८० देखि ९० रूपैयाँ तोकिएको छ।
लोकल गोलभेडाको भाउ १० देखि १५ रूपैयाँ प्रतिकिलो छ। टनेलको सानो गोलभेडाको भने १५ देखि ३० रूपैयाँ मूल्य तोकिएको छ।
आज नेपालीभन्दा भारतीय रातो आलु ४ रूपैयाँले महँगो छ। भारतीय रातो आलुको भाउ प्रतिकिलो ३० देखि ३२ रूपैयाँ छ भने नेपाली रातो आलुको भाउ ३४ देखि ३८ रूपैँया प्रतिकिलो छ।
भारतीय सुकेको प्याज १३५ देखि १४५ रूपैयाँ प्रतिकिलो, काउली ३० देखि ३५ रूपैयाँ, रातो मुला १५ देखि २० रूपैयाँ, घिरौला ९० देखि १०० रूपैयाँ, भिण्डी १०० देखि १२० रूपैयाँ, पिँडालु ५० देखि ६० रूपैयाँ, रायो साग ३० देखि ४० रूपैयाँ, पालुँगो, चम्सुर र मेथीको साग १०० देखि ११० रूपैयाँ प्रतिकिलो छ।
डल्ले च्याउ २८० देखि ३०० रूपैयाँ प्रतिकिलो, कन्य च्याउ १८० देखि २०० रूपैयाँ प्रतिकिलो, कुरिलो १ हजार २ सयदेखि १ हजार ३ सय रूपैयाँ प्रतिकिलो छ।
यस्तो छ आजको तरकारीको भाउ