सोमबार ठूलो नेपाली गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो ५० र अधिकतम मूल्य ६० रुपैयाँ छ। कालीमाटी तरकारी विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार भारतीय ठूलो गोलभेँडा केही महँगो रहेको छ। भारतीय गोलभेँडाको न्यूनतम मूल्य ७० र अधिकतम मूल्य ८० रुपैयाँ छ।
स्थानीय सानो गोलभेँडा न्यूनतम प्रतिकिलो १२ रुपैयाँ र अधिकतम २० रुपैयाँ छ।
टनेलको सानो गोलभेँडाको पनि त्यति नै मूल्य रहेको समितिले बताएको छ।
तराइको सानो गोलभेँडा भने केही सस्तो छ। तराइको सानो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो २० र अधिकतम ३० रुपैयाँ छ।
रातो आलु न्यूनतम प्रतिकिलो ३५ रुपैयाँ र अधिकतम ४० रुपैयाँ छ। भारतीय रातो आलु न्यूनतम मूल्य प्रतिकिलो ३२ र अधिकतम ३४ रुपैयाँ छ।
सेतो आलुको न्यूनतम मूल्य प्रतिकिलो २८ र अधिकतम ३० रुपैयाँ रहेको समितिले जानकारी दिएको छ।
नेपाली बजारमा अहिले भारतीय र चिनियाँ प्याज रहेको छ। दुवैमा मूल्य अन्तर देखिन्छ। भारतीय प्याजको तुलनामा चिनियाँ प्याज केही सस्तो छ। भारतीय प्याजको न्यूनतम मूल्य प्रतिकिलो १०० र अधिकतम ११० रुपैयाँ छ। चिनियाँ प्याजको न्यूनतम मूल्य प्रतिकिलो ८० र अधिकतम ९० रुपैयाँ छ ।