कालीमाटी फलफूल तथा तरकारी बजारमा आज गुन्द्रुकको न्यूनतम मूल्य २५० रूपैयाँ प्रतिकिलो छ।
अन्य तरकारी तथा फलफूलको भाउ दिनदिनै घटबढ भइरहने भएपनि गुन्द्रुको भाउ पुसको सुरूवातदेखि स्थिर छ। आज अधिकतम मूल्य तीन सय रूपैयाँ प्रतिकिलो छ।
आज नेपाली ठूलो गोलभेँडाको भाउ १० रूपैयाँले घटेको छ। हिजो ६० देखि रूपैयाँ प्रतिकिलोमा कारोबार भएको ठूलो गोलभेडाको बजारमूल्य आज ५० देखि ६० रूपैयाँ छ।
भारतीय गोलभेँडाको मूल्य स्थिर छ। नेपाली गोलभेडाभन्दा २० रूपैयाँ महँगो भारतीय गोलभेडाको आजको बजारभाउ ७० देखि ८० रुपैयाँ तोकिएको छ।
सानो लोकल गोलभेँडा १२ देखि २० रूपैयाँ प्रतिकिलो, सानो टनेलको गोलभेँडा १४ देखि २० रूपैयाँ र तराईको सानो गोलभेँडा १५ देखि २२ रूपैयाँ निर्धारण गरिएको छ।
भारतीय रातो आलु नेपाली रातो आलुभन्दा २ रूपैयाँ सस्तो छ। भारतीय रातो आलुको बजारभाउ ३२ देखि ३४ रूपैयाँ प्रतिकिलो र नेपाली रातो आलुको मूल्य ३४ देखि ३६ रूपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
त्यस्तो आज भारतीयभन्दा चिनियाँ प्याज १० रूपैयाँले सस्तो छ। भारतीय प्याजको बजारमूल्य प्रतिकिलो ९० देखि १०० रूपैयाँ तोकिएको छ भने चिनियाँ प्याजको भाउ ८० देखि ९० रूपैयाँ प्रतिकिलो तोकिएको छ।
आज कुन तरकारीको भाउ कति छ?