सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि गहुँको समर्थन मूल्य तोकेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६ सय ५० रूपैयाँ १४ पैसा तोकेको हो।
गत वर्षभन्दा यस वर्ष प्रतिक्विन्टल दुई सय ९९ रूपैयाँ १४ पैसा बढाएर मूल्य निर्धारण गरिएको छ।
गत वर्ष गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार तीन सय ५१ रूपैयाँ थियो।