चिनियाँ प्याज भित्रिएपछि भारतीय प्याजको भाउ लगातार घटिरहेको छ।
१५ दिनअघि भारतीय प्याजको भाउ १४० रूपैयाँ प्रतिकिलो थियो। त्यतिबेला बजारमा चिनियाँ प्याज आएको थिएन। पुस ५ गतेसम्म भारतीय प्याजको भाउ १३० देखि १४० रूपैयाँ प्रतिकिलो थियो।
पुस ६ गते कालीमाटी बजारमा चिनियाँ प्याज आएपछि एकैदिन भारतीय प्याजको भाउ २५ रूपैयाँ सस्तिएको थियो।
त्यसदिन भारतीय प्याज १०५ देखि ११५ रूपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको थियो। चिनियाँ प्याज ९० देखि १०० रूपैयाँ प्रतिकिलो तोकिएको थियो।
त्यसपछि लगातार भारतीय प्याजको भाउ घट्दै आएको थियो। आज भारतीय र चिनियाँ प्याजको भाउ करिब उस्तै छ। कालीमाटीमा आज भारतीय प्याजको भाउ ८० देखि ९० रूपैयाँ र चिनियाँ प्याजको भाउ ८० देखि ८५ रूपैयाँ तोकिएको छ।
हरियो प्याजको भाउ ९० देखि १०० रूपैयाँ प्रतिकिलो छ।
आज भारतीय ठूलो गोलभेडा नेपाली ठूलो गोलभेडाभन्दा १० रूपैयाँ महँगो छ। भारतीय ठूलो गोलभेडा प्रतिकिलो ६० देखि ७० रूपैयाँ तोकिएको छ भने नेपाली गोलभेडाको भाउ ५० देखि ६० रूपैयाँ छ।
भारतीय रातो आलुभन्दा नेपाली रातो आलु ५ रूपैयाँ महँगो छ। नेपाली रातो आलु ३५ देखि ३८ रूपैयाँ र भारतीय रातो आलु ३० देखि ३२ रूपैयाँ मूल्य तोकिएको छ। सेतो आलुको भाउ २८ देखि ३० रूपैयाँ प्रतिकिलो छ।
आज काउलीको भाउ २५ देखि ३० रूपैयाँ प्रतिकिलो छ। ज्यापु काउली ३५ देखि ४५ रूपैयाँ, तराई काउली २५ देखि ३० रूपैयाँ र ब्रोकाउली ३५ देखि ४५ रूपैयाँ मूल्य निर्धारण गरिएको छ।
त्यस्तै रायो र तोरीको साग ४० देखि ५० रूपैयाँ, पालुगो, चमसुर र मेथीको साग ११० देखि १२० रूपैयाँ र जिरीको साग ९० देखि १०० रूपैयाँ प्रतिकिलो तोकिएको छ।
यस्तो छ आज तरकारीको भाउ