कालीमाटीमा आज नेपाली सानो गोलभेँडाभन्दा भारतीय सानो गोलभेँडा दोब्बर महँगो छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्य सूची अनुसार आज नेपाली सानो लोकल गोभेडाको न्यूनतम मूल्य १५ रूपैयाँ प्रतिकिलो छ।
भारतीय सानो गोलभेँडाको मूल्य भने ३० रूपैयाँ प्रतिकिलो छ। अधिकतम मूल्य नेपाली गोलभेँडाको २५ र भारतीय गोलभेँडाको ३० रूपैयाँ छ।
ठूलो गोलभेँडा नेपाली भन्दा भारतीय १० रूपैयाँ महँगो छ। नेपाली गोलभेँडाको भाउ ५० देखि ६० रूपैयाँ प्रतिकिलो छ भने भारतीय ठूलो गोलभेँडाको भाउ ६० देखि ७० रूपैयाँ प्रतिकिलो छ।
भारतीय रातो आलु नेपाली रातो आलुभन्दा ५ रूपैयाँ सस्तो छ। भारतीय रातो आलुको भाउ ३० देखि ३५ रूपैयाँ र नेपाली रातो आलु ३५ देखि ३८ रूपैयाँ प्रतिकिलो छ।
त्यस्तै आज भारतीय र चिनियाँ प्याजको न्यूनतम मूल्य समान छ। भारतीय प्याजको भाउ ८० देखि ९० रूपैयाँ प्रतिकिलो र चिनियाँ प्याजको भाउ ८० देखि ८५ रूपैयाँ प्रतिकिलो छ।
त्यस्तै रायो र तोरीको साग ४० देखि ५० रूपैयाँ प्रतिकिलो, पालुगो, चमसुर, सौफ र मेथीको साग ११० देखि १२० रूपैयाँ प्रतिकिलो र जिरीको साग ९० देखि १०० रूपैयाँ प्रतिकिलो छ।
स्थानीय काउली २५ देखि ३५ रूपैयाँ प्रतिकिलो, स्थानीय ज्यापु काउली र ब्रोकाउली ४० देखि ५० रूपैयाँ मूल्यो तोकिएको छ।
यस्तो छ आज तरकारीको भाउ