माघेसंक्रान्तिको दिन आज तरूलको भाउ किलोमै २० रूपैयाँ सस्तिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा आज तरूलको भाउ प्रतिकिलो ४० देखि ५० रूपैयाँ छ।
हिजो ६० देखि ७० रूपैयाँमा कारोबार भएको तरूलको भाउ अस्ति ७० देखि ८० रूपैयाँमा कारोबार भएको थियो।
सखरखण्डको भाउ भने स्थिर छ। यसको भाउ प्रतिकिलो ७० देखि ८० रूपैयाँ प्रतिकिलो छ।
अरू तरकारी तथा फलफूलको भाउ सामान्य घटबढ भएको छ।
हेर्नुस् आजको मूल्यसूचीः