कालिमाटी फलफूल तथा तरकारी विकास समितिकाअनुसार मंगलबार तरूलको थोक मूल्य ५० रुपैयाँ र अधिकतम ६० रुपैयाँ छ।
पिँडालुको न्यूनतम मूल्य प्रतिकिलो ७० रुपैयाँ छ। अधिकतम मूल्य ८० रुपैयाँ छ।
रायोको सागको न्यूनतम मूल्य प्रतिकिलो ५० रुपैयाँ र अधिकतम ६० रुपैयाँ छ। पालुँगोको सागको न्यूनतम मूल्य १२० रुपैयाँ प्रतिकिलो र अधिकतम १३० रुपैयाँ छ।
चम्सुरको सागको न्यूनतम मूल्य प्रतिकिलो १२० र अधिकतम १३० रुपैयाँ छ। हरियो डल्ले फर्सीको न्यूनतम मूल्य प्रतिकिलो ४० र अधिकतम ५० रुपैयाँ छ। सलगमको न्यून्तम मूल्य प्रतिकिलो ७० र अधिकतम ८० रुपैयाँ छ।
भिण्डीको न्यूनतम मूल्य प्रतिकिलो ९० र अधिकतम १०० रुपैयाँ छ। बरेलाको न्यूनतम मूल्य ३० रुपैयाँ प्रतिकिलो र अधिकतम ४० रुपैयाँ छ।
तिते करेलाको न्यूनतम मूल्य प्रतिकिलो १२० रुपैयाँ र अधिकतम १४० रुपैयाँ छ। लौकाको न्यूनतम मूल्य प्रतिकिलो ६० र अधिकतम ७० रुपैयाँ छ। भारतीय प्याजको मंगलबारको न्यूनतम मूल्य प्रतिकिलो ८० र अधिकतम ८५ रुपैयाँ छ।
चिनियाँ प्याज भारतीयको तुलनामा किलोको २० रुपैयाँ सस्तो छ। चिनियाँ प्याजको न्यूनतम मूल्य प्रतिकिलो ६० र अधिकतम ६५ रुपैयाँ छ। रातो आलुको न्यूनतम मूल्य ३४ रुपैयाँ र अधिकतम ३६ रुपैयाँ छ।
भारतीय रातो आलुको मूल्य भने केही सस्तो छ। भारतीय रातो आलुको न्यूनतम मूल्य प्रतिकिलो ३० रुपैयाँ र अधिकतम ३२ रुपैयाँ छ।
अरू तरकारीको मूल्यसूची