कालीमाटी फलफूल तथा तरकारी बजारमा आज पनि विभिन्न तरकारी तथा फलफूलको भाउ सामान्य घटबढ भएका छन्। केही फलफूल तथा तरकारीको भाउ स्थिर छ।
ठूलो गोलभेँडाको भाउ आज स्थिर छ। किलोको ४० देखि ५० रूपैँया भाउ तोकिएको छ। कालीमाटीमा हिजो पनि सोही मूल्यमा गोलभेँडाको कारोबार भएको थियो।
आलुको भाउ पनि आज स्थिर छ। रातो आलुको भाउ हिजोको जस्तै आज पनि ३६ देखि ४० रूपैयाँ प्रतिकिलो छ। भारतीय रातो आलुको भाउ ३० देखि ३२ रूपेयाँ प्रतिकिलो छ।
प्याजको भाउ एक साता अघिदेखि नै स्थिर छ। भारतीय प्याज चिनियाँभन्दा किलोमा १५ रूपैयाँ महँगो छ। भारतीय प्याज ८० देखि ८५ रूपैयाँ प्रतिकिलो भाउ तोकिँदा चिनियाँ प्याजको भाउ ६० देखि ६५ रूपैयाँ प्रतिकिलो छ।
आज बन्दाको भाउ किलोमा ५ रूपैयाँ बढेको छ। हिजो लोकल बन्दा ३० देखि ४० रूपैयाँ प्रतिकिलोमा कारोबार भएकोमा आज ३५ देखि ४५ रूपैयाँ प्रतिकिलो तोकिएको छ।
लोकल काउलीको भाउ भने ५ रूपैयाँ घटेको छ। आज लोकल काउलीको भाउ ३५ देखि ४५ रूपैयाँ प्रतिकिलो तोकिएको छ। हिजोको मूल्य ४० देखि ५० रूपैयाँ प्रतिकिलो थियो।
लाम्चो भन्टा आज १० रूपैयाँले बढेको छ। हिजो ४० देखि ५० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको लाम्चो भन्टाको मूल्य आज ५० देखि ६० रूपैयाँ प्रतिकिलो छ।
मकै बोडीको भाउ भने स्थिर ६० देखि ७० रूपैयाँ प्रतिकिलो छ।
मटरकोशाको भाउ आज पनि स्थिर छ। यसको मूल्य ८० देखि १०० रूपैयाँ प्रतिकिलो छ। हरियो डल्ले फर्सीको भाउ ४० देखि ५० रूपैयाँ प्रतिकिलो छ। हिजो यसको भाउ ५० देखि ६० रूपैयाँ प्रतिकिलो छ।
रायो सागको भाउ आज १० रूपैयाँले घटेको छ। हिजो ५० देखि ६० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको रायोको सागको भाउ आज ४० देखि ५० रूपैयाँ प्रतिकिलो छ।
पालुगो, चमसुर र मेथीको सागको भाउ २० रूपैयाँले घटेको छ।
तीनवटै सागको भाउ हिजो ११० देखि १२० रूपैयाँ थियो भने आज ९० देखि १०० रूपैयाँ प्रतिकिलो छ।
यस्तो छ आज तरकारी र फलफूलको भाउः