कालीमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलोको भाउ १ हजार ८ सय रूपैयाँ छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार कुरिलोको भाउ प्रतिकिलो १८ सयदेखि २ हजार रूपैयाँ तोकिएको छ।
त्यस्तै डल्ले च्याउ ३ सय देखि ३५० रूपैयाँ प्रतिकिलो तोकिएको छ। त्यस्तै कन्य च्याउको भाउ १२० देखि १५० छ।
आज गुन्द्रुकको भाउ २५० देखि ३ सय रूपैया प्रतिकिलो छ।
नेपाली ठूलो गोलभेँडा र भारतीय ठूलो गोलभेँडाको ५० देखि ६० रूपैयाँ प्रतिकिलो छ।
भारतीय रातो आलु ३० देखि ३२ रूपैयाँ र नेपाली रातो आलु ३६ देखि ३८ रूपैयाँ प्रतिकिलो छ।
यस्तो छ आज फलफूल र तरकारीको भाउः