सागको भाउ किलोमै १० देखि २० रूपैयाँले घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको फलफूल तथा तरकारीको मूल्यसूची अनुसार रायो र तोरीको सागको भाउ किलोमा १० रूपैयाँ घटेको छ।
शुक्रबार ५० देखि ६० रूपैयाँमा कारोबार भएको रायोको सागको भाउ आज ४० देखि ५० रूपैयाँ प्रतिकिलो तोकिएको छ। तोरीको सागको भाउ प्रतिकिलो ३० देखि ४० रूपैयाँ तोकिएको छ।
चमसुर, पालुगो, मेथी र सौफको साग आज किलोमै २० रूपैयाँले भाउ घटेको छ।
यी सागहरू हिजो ११० देखि १२० रूपैयाँमा कारोबार भएकामा आज ९० देखि १०० रूपैयाँ भाउ तोकिएकोइ छ।
जिरीको सागको भाउ भने यथावत छ। आज पनि यसको मूल्य ८० देखि ९० रूपैयाँ प्रतिकिलो छ।
आज गोलभेँडा, आलु, गाजर, मूला, डल्लो भन्टा, मटरकोशा, घिरौला, फर्सी, पिडालु लगायतका तरकारीको भाउ घटबढ भएको छैन।
प्याजको भाउ किलोमा २ रूपैयाँ बढेर आज ६२ देखि ६८ रूपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको छ।
काउलीको भाउ किलोमा १० रूपैयाँ घटेर ३० देखि ४० रूपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ। बन्दाको भाउ पनि १० रूपैयाँ घटेर ४० देखि ५० रूपैयाँ प्रतिकिलो तोकिएको छ।
यस्तो छ आज फलफूल र तरकारीको भाउः