कालीमाटी तरकारी बजारमा आज मटरकोशाको भाउ घटेको छ।
शनिबार प्रतिकिलो १०० देखि १२० रूपैयाँमा कारोबार भएको मटरकोशाको भाउ आज ९० देखि सय रूपैयाँ तोकिएको छ।
बकूल्लाको भाउ पनि आज किलोमा १० रूपैयाँ घटेको छ। हिजो ८० देखि ९० रूपैयाँ किलोमा कारोबार भएको बकूल्लाको भाउ आज ७० देखि ८० रूपैयाँ तोकिएको छ।
आज गोलभेँडा, आलु, प्याज, बन्दा, काउली लगायतका तरकारीको भाउ स्थिर छ।
भन्टाको भाउ किलोमा १० रूपैयाँ घटेको छ। आज लाम्चो भन्टा ६० देखि ७० र डल्लो भन्टाको भाउ ७० देखि ८० रूपैयाँ छ।
सागको भाउ पनि आज घटबढ भएको छैन।
रायोको साग ४० देखि ५० रूपैयाँ प्रतिकिलो, तोरीको साग ३० देखि ४० रूपैयाँ, जिरीको साग ८० देखि ९० रूपैयाँ, पालूगो, चमसुर, मेथी र सौफको सागको भाउ ९० देखि १०० रूपैयाँ प्रतिकिलो छ।
यस्तो आज तरकारीको भाउ: