त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र प्रयोगशाला गुणस्तर व्यवस्थापनसम्बन्धी सात दिने तालिम सम्पन्न गरेको छ।
तालिममा स्नातकोत्तर, विद्यावारिधिका विद्यार्थी, अनुसन्धानकर्ता र विभागमा कार्यरत शिक्षक गरी २० जना सहभागी थिए।
तालिममा सहभागीहरूलाई माटोको पिएचमान, टेक्स्चर, पोटासियम फोसफरस, नाइट्रोजन र अर्गानिक म्याटर लगायतका तत्त्वहरूको सैद्धान्तिक ज्ञान र माटोको प्रयोगात्मक परीक्षण सम्बन्धी तालिम दिइएको थियो।
सन् २०१४ मा चाइनिज एकेडेमी अफ साइन्सको सहयोगमा 'नेपाल जोइन्ट रिसर्च सेन्टर फर जियोग्राफी' परियोजना अन्तर्गत निर्माण भएको प्रयोगशालामा विभागले पहिलोपटक माटो परीक्षणमा क्षमता विकास तालिम अयोजना गरेको हो।