सरकारले आर्थिक वर्ष २०८१/८२ देखि कृषिमा लगानी दशक घोषणा गर्ने भएको छ।
सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले निजी सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गरिने पनि बताएका छन्।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि आधुनिकीकरण व्यावसायीकरण एवम् बजारीकरणको स्पष्ट मार्गचित्र तय गरी कार्यान्वयनमा ल्याइने छ।
उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गरिने सरकारको नीति छ।