अर्थमन्त्री वर्षमान पुनले गाई र भैँसीको नस्ल सुधारका लागि ३८ करोड रूपैयाँ बजेट विनियोजन गरेको बताएका छन्।
आगामी आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गर्दै पुनले स्वदेशमा दूधको उत्पादन क्षमता बढाउन गाई र भैँसीमा नस्ल सुधारका लागि ३८ करोड रूपैयाँ विनियोजन गरिएको बताए।
कृषि उपजको धितोमा समेत सहज रूपमा कर्जा उपलब्ध गराइने अर्थमन्त्री पुनले बताए।
प्रदेश स्थानीय तह र निजी क्षेत्र समेतको सहकार्यमा सबै प्रदेशमा गाई र भैँसी पालन स्रोत केन्द्र स्थापना गरिने उनले उल्लेख गरे।