आर्थिक वर्ष २०८१ देखि ९१ सम्मलाई कृषिमा लगानी दशक घोषणा गरेको छ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन्।
उनले कृषिको व्यवसायिकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गरिने पनि बताएका छन्।
सरकारी, निजी र सहकारी तथा विकास साझेदारी गरी लगानी वृद्धि गर्न कृषि वस्तुको उचित मूल्य र बजार सुनिश्चित गर्न सरकार किसान व्यवसायी सहभागी हुने गरी करार खेती प्रवर्द्धन गरिने उनको भनाइ छ।