सरकारले औषधि प्रयोजनको लागि गाँजाको व्यावसायिक उत्पादन खुला गर्ने भएको छ।
मंगलबार २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।
सरकारले यसको लागि आवश्यक कानुन निर्माण गर्ने बताएको छ।
केही वर्षदेखि नेपालमा गाँजाको व्यावसायिक उत्पादन गर्नुपर्नेमा धेरैको जोड रहँदै आएको छ।
गाँजाको व्यावसायिक उत्पादनको लागि कानुन निर्माण गर्ने विषयलाई संसदहरूले टेबुल ठटाएर स्वागत गरेका छन्।