पछिल्लो समय मुलाको मूल्य घट्न थालेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मुलाको मूल्य घटेको देखाएको हो।
समितिको तथ्यांक अनुसार बजारमा सेतो मुला दुई प्रकारका आउँछन्। ती सेतो लोकल मुला र सेतो हाइब्रिड मुला हुन्।
हाइब्रिड मुला मंगलबारको तुलनामा बुधबार २५ रूपैयाँले घटेको छ।
मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा हाइब्रिड मुला प्रतिकिलो थोक मूल्य ५० देखि ६० रूपैयाँमा बिक्री भइरहेकोमा बुधबार २५ देखि ३५ रूपैयाँमा बिक्री भइरहेको छ।
बजारमा मुलाको आपूर्ति बढ्न थालेसँगै मूल्य घट्न थालेको कालीमाटी तरकारी बजारका व्यवसायी भीम श्रेष्ठले बताए।
समितिको तथ्यांकमा बुधबार लोकल मुलाको मूल्य भने देखाइएको छैन।