अहिले बर्खाका कारण बजारमा तरकारीको मूल्य बढेको छ।
गत वर्षहरूमा पनि यो समयमा तरकारीको मूल्य बढ्ने गरेको व्यवसायीहरू बताउँछन्।
शुक्रबार कालीमाटी बजारको तथ्यांक हेर्दा सबभन्दा सस्तोमा टनेल गोलभेँडा प्रतिकिलो १५ रूपैयाँ रहेको छ भने सबभन्दा महँगोमा पार्सल प्रतिकिलो सात सय रूपैयाँ छ।
हामीले अधिकांश उपभोक्ताले दैनिकजसो उपभोग गर्ने तरकारीको मूल्यबारे यहाँ जानकारी दिएका छौं।
सजिवन:
सजिवन लामालामा बोडी आकारको हुन्छ। यसलाई तरकारीको रूपमा खाइन्छ। यसमा भरपुरमात्रामा पोषक तत्व र भिटामिन हुने भएकाले तुलनात्मक रूपमा यो महँगो हुन्छ। कालीमाटी बजारमा सजिवनको थोक मूल्य प्रतिकिलो ४ सय ५० देखि पाँच सय रूपैयाँ छ। उपभोक्ताले भने ६ सय रूपैयाँसम्म तिर्नुपर्ने व्यवसायीहरू बताउँछन्।
कुरीलो:
कुरीलो औषधीय गुण भएको तरकारी हो। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। कोभिडको समयमा यो प्रतिकिलो चार हजार रूपैयाँसम्म पुगेको थियो।
हाल यसको थोक मूल्य प्रतिकिलो कालीमाटी बजारमा तीन सयदेखि तीन सय ५० रूपैयाँ छ। यसको खुद्रा मूल्य भने चार सयदेखि चार सय ५० रूपैयाँ छ।
च्याउ:
च्याउ कन्य, डल्ले र राजा गरी तीन प्रकारको देखाइएको छ। कन्य च्याउको थोक मूल्य एक सय ६० देखि दुई सय रूपैयाँ छ। त्यस्तै, डल्ले र राजा च्याउको मूल्य दुई सय ८० देखि तीन सय २० सम्म छ। व्यवसायीहरूका अनुसार कन्य च्याउ उपभोक्ताले दुई सय ६०, डल्लो र राजा च्याउ ती सय ५० रूपैयाँसम्म तिर्नुपर्छ।
घिउ सिमी:
लोकल र हाइब्रिड गरी घिउ सिमी दुई प्रकारका हुन्छन्।
सिमीको प्रतिकिलो थोक मूल्य एक सय ५० देखि दुई सय रूपैयाँसम्म छ। उपभोक्ताका लागि भने दुई सय २० रूपैयाँसम्म तोकिएको छ। त्यस्तै, राजमा सिमीको मूल्य एक सय ४० देखि एक सय ५० रूपैयाँ होलसेल मूल्य छ। उपभोक्ताका लागि भने राजमा सिमीको मूल्य दुई सय ४० देखि ५० रूपैयाँसम्म छ।
रायोको साग:
रायोको साग पनि बजारमा महँगो तरकारीमै पर्छ। बर्खामा रायोको सागको खासै उत्पादन हुँदैन। तर, किसानहरूले टनेलमा उत्पादन गरिरहेका छन्। यसको होलसेल मूल्य एक सय ५० देखि दुई सय रूपैयाँ छ। उपभोक्ताले भने एक प्रतिकिलो सय ८० रूपैयाँसम्म तिरिरहेका छन्।
बोडी:
बजारमा बोडी तने र मकै गरी दुई प्रकारका छन्। यिनीहरूको थोक मूल्य प्रतिकिलो एक सयदेखि एक सय ३० रूपैयाँसम्म छ। उपभोक्ता मूल्य भने एक सय ५० देखि एक सय ६० रूपैयाँ तोकिएको छ।
भटमास कोशा:
भटमास कोशा अहिलको मौसमी तरकारी मानिन्छ। कालीमाटी बजारमा यो होलसेल मूल्य एक सय ४० देखि एक सय ५० रूपैयाँमा बिक्री भएको छ। उपभोक्ताका लागि भने कोशाको आकार हेरेर एक सय ८० देखि दुई सय २० रूपैयाँसम्म तोकिएको व्यवसायीहरूले बताएका छन्।
न्युरो:
न्युरो पनि बर्खाको मौसमी तरकारी हो। यसको प्रतिकिलो थोक मूल्य एक सय १० देखि एक सय २० रूपैयाँ छ। उपभोक्ताले भने यसलाई मुठामा किन्ने गरेका छन्। यो बजारमा मुठाको २५ रूपैयाँदेखि ५० रूपैयाँमा बिक्री भइरहेको छ।
खुर्सानी:
माछे खुर्सानी र भेडे खुर्सानी तरकारीको रूपमा प्रयोग हुन्छ। यो प्रतिकिलो थोक मूल्य एक सय १० देखि एक सय २० रूपैयाँ छ। उपभोक्तालाई भने एक सय ४० देखि एक सय ५० रूपैयाँ तोकिएको छ।
घिरौला:
घिरौला पनि बजारमा धेरै बिक्री हुने तरकारीमा पर्छ। यो प्रतिथोक मूल्य एक सय १० देखि एक सय २० रूपैयाँ छ। उपभोक्ताले भने एक सय ४० देखि एक सय ५० रूपैयाँ तोकिएको छ।
भिन्डी:
भिन्डी पनि बजारमा धेरे बिक्री हुने तरकारीमै पर्छ। यो प्रतिथोक मूल्य एक सय १० देखि एक सय २० रूपैयाँ छ। उपभोक्ताले भने एक सय ४० देखि एक सय ५० रूपैयाँ तोकिएको छ।
ब्रोकाउली:
ब्रोकाउली पनि बजारमा धेरै महँगो तरकारीमा पर्छ। यसको प्रतिथोक मूल्य सयदेखि एक सय २० रूपैयाँ छ। उपभोक्ताका लागि भने एक सय ६० देखि दुई सय रूपैयाँ छ।
माथि उल्लेखित खुद्रा तथा थोक मूल्य कालीमाटी तरकारी बजारको हो। यो मूल्य शुक्रबारका लागि तोकिएको मूल्य हो।
कालीमाटी बजार विकास समितिले दैनिक फलफूल तथा तरकारीको थोक मूल्य तोक्दै आएको छ। आज तोकिएको खुद्रा मूल्य पसल अनुसार फरक हुनसक्छ।