बजारमा घिउ सिमीको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
लोकल र हाइब्रिड गरी घिउ सिमी दुई प्रकारका हुन्छन्।
समितिको तथ्यांक हेर्दा एक सातामा घिउ सिमीको मूल्य प्रतिकिलो एक सय रूपैयाँले घटेको छ।
गत शुक्रबार सिमी प्रतिकिलो थोक मूल्य एक सय ५० देखि दुई सय रूपैयाँमा कारोबार भएको थियो।
आज अर्थात् बिहीबार प्रतिकिलो ९० देखि एक सय रूपैयाँमा कारोबार भएको छ।
त्यस्तै, राजमा सिमीको मूल्य पनि थोरै घटेको छ।
गत साता शुक्रबार राजमा सिमीको मूल्य एक सय ४० देखि एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।
आज प्रतिथोक एक सय ३० देखि एक सय ४० रूपैयाँमा कारोबार भएको छ।
बजारमा सिमीको आपूर्ति बढेसँगै मूल्य घटेको व्यवसायीहरूले बताएका छन्।