पछिल्लो केही महिनायता तरकारीको मूल्य निकै सस्तिएको छ। मुख्य सिजन भएकाले तरकारीको मूल्य सस्तिएको हो।
मंगलबारको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्दा बजारमा काउली र बन्दा प्रतिकिलो थोक मूल्य आठ रूपैयाँ किलोमा बिक्री भइरहेको छ।
कालीमाटी बजारमा स्थानीय, तराई र ज्यापु गरी तीन प्रकारको काउली आउँछ।
जसमध्ये स्थानीय र तराई काउली मंगलबार प्रतिकिलो थोक मूल्य आठ रूपैयाँमा कारोबार भइरहेको छ भने ज्यापु काउली प्रतिकिलो १५ रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, लोकल, तराई र नरिवल गरी तीन प्रकारका बन्दा बजारमा पाइने गरेको छ।
मंगलबार लोकल बन्दा भने प्रतिकिलो थोक मूल्य १० रूपैयाँ छ भने तराई र नरिवल बन्दाको मूल्य प्रतिकिलो आठ रूपैयाँमा बिक्री भइरहेको छ।
कालीमाटीको तथ्यांक हेर्दा हरियो फर्सी र रायोको साग पनि प्रतिकिलो आठ रूपैयाँमा कारोबार भइरहेको छ।
गत वर्षको तुलनामा यो वर्ष धेरै लामो समयसम्म तरकारीको मूल्य घटिरहेको व्यापारीहरू बताउँछन्।
तरकारीको थोक मूल्य घटेसँगै उपभोक्ता मूल्य पनि घटेको छ।