बजारमा एभोकाडोको मूल्य बढेको छ।
माग अनुसारको आपूर्ति नभएकाले एभोकाडोको मूल्य बढेको फलफूल व्यवसायी रामेश्वर सुवेदीले जानकारी दिए।
'बजारमा एभोकाडोको आपूर्ति एकदमै न्यून छ। माग भने बढेको छ,' उनले भने।
उनका अनुसार एभोकोडोको मूल्य बढेको एक महिना हुन लाग्यो। नेपाली एभोकाडोको सिजन सकिएकाले मूल्य बढ्न थालेको हो। अहिले बजारमा स्वदेशी एभोकाडो थोरै मात्रामा आएको छ। त्यस्तै बजारमा विदेशी एभोकाडो पनि छन्।
एभोकाडोको आकार र गुणस्तर अनुसार मूल्य फरक छन्। अहिले बजारमा एभोकाडो प्रतिथोक मूल्य चार सय ५० देखि पाँच सय ५० रूपैयाँ किलोमा कारोबार भइरहेको उनले जानकारी दिए।
एक महिना अघि एभोकाडो प्रतिकिलो थोक मूल्य दुई सय २० देखि तीन सय रूपैयाँसम्म थियो।
एभोकाडोको थोक मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ।
अहिले एभोकाडो प्रतिकिलो पाँच सय ८० देखि ६ सय रूपैयाँसम्म तिरिरहेका छन्।