नेपालको पहिलो मोटरसाइकल रियालिटी शो ‘पल्सर डेयर भेन्चर’ को तेस्रो संस्करण सम्पन्न भएको छ।
राजधानीमा बिहिवार सम्पन्न भएको कार्यक्रममा अमित श्रेष्ठले उपाधी हात पारेका हुन्। बिजेता श्रेष्ठले नगद १० लाख, पल्सर एनएस मोटरसाइकल र सामसुङ एस एट प्लस मोवाइल पनि हात पारे।
त्यसैगरी फस्ट रनरअप हुन सफल पविन कार्कीले नगद ५ लाख, पल्सर एनएस मोटरसाइकल र सामसुङ एस एट मोवाइल जित्न सफल भए।
त्यस्तै सेकेन्ड रनर अप हुन सफल विविद जंग थापाले पल्सर एनएस मोटरसाइकल र सामसुङ एस एट हात पारेका छन्।
कार्यक्रममा एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले नेपालकै पहिलो बाइक रियालिटी शो को तेस्रो सिजन सफलता पूर्वक सम्पन्न भएकोमा खुसी ब्यक्त गरे।
‘ पल्सर मोटरसाइकल युवा वर्गमा निकै लोकप्रिय छ र यो सहसिक यात्रा पनि युवा केन्द्रीत हो, यस्तो प्रकारको रियालीटी शोकको माध्यमबाट उनीहरुले जोस, उमङ्ग बढाउनुको साथै धेरै कुरा सिक्ने अवसर पाएका छन् भन्नेमा म विश्वस्त छु’ गोल्छाले भने।
कार्यक्रममा नेपालका चर्चित गायक दीपक बज्राचार्यकोे सानदार प्रस्तुतीसँगै अन्य विविध कार्यक्रम भएको थियो। पल्सर डेयर भेन्चर नेपालको पहिलो रोमाञ्चक बाइक रियालिटी शो हो ।
सामसङ सँगको सहकार्यमा बजाजले अयोजना गरेको यस प्रतियोगिताका पार्टनरहरु ग्राण्डि इन्टरनेशनल हस्पिटल, सर्भो लुब्रिकेन्ट्स, बाइकर्स नेपाल, इसिएस मिडिया र शिखर इन्स्योरेनस रहेका छन्। प्रतियोगिताको क्रममा प्रतियोगिहरु काठमाडौबाट मनाङसम्मको साहसिक यात्रा तय गरेका थिए।