नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको बजाज पल्सर ‘टु ह्विलर पार्टनर’ बनेको छ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काबीच सम्झौता भएको हो।
सम्झौता अनुसार, एनपिएलका उत्कृष्ट तीन खेलाडीलाई गोल्छा ग्रुपले पल्सर एन१६० मोटरसाइकल पुरस्कार स्वरूप दिने छ।
उक्त बाइक सर्वाधिक रन बनाउने ब्याट्सम्यान, सर्वाधिक विकेट लिने बलर र उत्कृष्ट उदीयमान खेलाडीलाई दिइनेछ।
गोल्छाले पल्सर सधैं खेलकुद र युवा उर्जासँग जोडिएको ब्रान्ड भएको बताउँदै एनपीएलले नेपाली क्रिकेटमा थप उर्जा र प्रेरणा भर्ने विश्वास व्यक्त गरे।
क्यानका सचिव खड्काले पल्सरसँगको सहकार्यलाई नेपाली क्रिकेटका लागि सकारात्मक कदम बनेको बताए।
एनपिएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सुरू हुनेछ।